६ आश्विन २०८१, आइतबार | September 22, 2024

लागु औषध गाँजा सहित २ जना पक्राउ



चितवन प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ |

अस्थायी प्रहरी चौकी लोथर, चितवनबाट खटिएको प्रहरी टोलीले मिति २०७९/११/०८ गते राति ०१:०० बजे जिल्ला चितवन राप्ती न.पा. १ लोथर स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथर तर्फ आउदै गरेको बा ३ च २५०४ नं.को टाटा डिआई गाडि रोकी चेकजाँच गर्दा गाडी चालक जिल्ला चितवन भ.म.न.पा. १६ बस्ने बर्ष ३० को अर्जुन दर्जि र गाडीमा सवार १ जना (नाबालक) समेत गरी जम्मा २ जनाले  लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागु औषध ५३ किलो गाँजा सहित फेला परेकोले निजहरुलाई पक्राउ गरी थप अनुशन्धान भईरहको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ५९ बजे