चितवन, फागुन-१२
चितवनका कृषकले तरकारीको उचित मुल्य नपाएको भन्दै कालो बेलुन उडाएर सरकारको विरोध गरेका छन् |
चितवनका किसानले गत महिना कृषकहरूको माग सम्बोधन नभएको भनी राजमार्गमा तरकारी फ्याकेर सरकारको विरोध गरेका थिए | उक्त आन्दोलन पश्चात हाल सम्म पनि कृषकका मागहरुको कुनै सुनुवाई नभएको भनी चितवनका कृषकले पुन: आज दोस्रो चरणको आन्दोलन गरेका छन् |
किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएको तर कार्यान्वयन नभएकोले सरकारलाई दबाब दिन आज पुन: कालो बेलुन उडाएर सरकारको विरोध गर्नु परेको कृषक संघर्ष समितिका संयोजक लेखनाथ भुषालले जानकारी दिए ।
नेपालमा पर्याप्त उत्पादन हुने तरकारी र फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन जस्ता माँगहरु राखेका छन् । उनीहरूले किसानले उठाएका दस बुँदे मागहरूलाई नीतिगत रूपमा कार्यान्वयन गर्न दबाब पनि दिँदै आएका छन् ।
किसानहरुले आफ्नो माँग पुरा नभए देशव्यापी रुपमा आन्दोलनमा जाने समेत चेतवानी दिएका छन् |








प्रतिक्रिया