२ बैशाख २०८३, बुधबार | April 16, 2026

बहुमुल्य गरगहना सहित ३ जना नियन्त्रणमा



बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले मिति २०७९/११/१७ गते राति बिहान ०१:०० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ गोन्द्राङ स्थित पुर्व लोकमार्ग सडक खण्डमा पूर्व तर्फबाट पश्चिोम तर्फ आउँदै गरेको WB 12AV 5566 भारतिय नं. को नेक्सन कम्पनीको कारलाई रोकी कारमा सवार चालक सहीत ३ जना मानिसलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्स भित्र र एयर फिल्टर भित्र लुकाई छिपाई ल्याएका बहुमुल्य हिरा र सुनका गर गहना, बिभिन्न किसिमका पत्थर समेत फेला पारेको छ।उक्त गरगहना, पथ्थर, कार र मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गरायो।

पक्राउपरेका व्यक्तिहरूको विवरण –

१) कार चालक देश भारत, उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने बर्ष ४२ को विनोद प्रसाद ।

२) कारमा सवार देश भारत, पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने बर्ष ५१ को गणपत कुमार तोसावर ।

३) कारमा सवार ऐ.ऐ. बस्ने बर्ष ४२ को नरेश बर्मा.

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ४४ बजे