३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

३३ बोतल लागु औषध (कोरेक्स) सहित ३ जना पक्राउ :



चितवन, फाल्गुन १७

चितवन प्रहरिले ३३ बोतल लागुऔषध corex साहित ३ जना नियन्त्रणमा लिएको छ |

मंगलबार साझ ०४:३० बजेको समयमा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ०६ जमौली स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ८७७० नं. को कारलाई चितवन प्रहरीले चेकजाँच गरेका थियो | उक्त कार चालक जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने बर्ष ४० को सुरज कुमार शाही, कारमा सवार ऐ.ऐ. बस्ने बर्ष ३६ को प्रकाश गौतम र कारमा सवार ऐ. वडा नं. ०२ बस्ने बर्ष ५० को शैलेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त कारको पछाडीपट्टिको सिटमा कार्टुनभित्र लुकाई छिपाई ल्याएको लागू औषध Codiwell Cough Syrup 100 ML लेखिएको 100 ML को ३३ बोत्तल फेला परेको थियो | निजहरुलाई उक्त कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको चितवन जिल्ला प्रहरि कार्यालयले जनाएको छ|

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५४ बजे