चैत्र-७
प्रहरीले नारायणी नदि किनारबाट १४१ क्युफिट सिसौको काठ बरामद गरेको छ |
वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट सोमबार बेलुकी ५ बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला चितवन भ.म.न.पा. वडा नं. ३ स्थित नारायणि नदी किनारमा अबैध सिसौको काठ १४१ क्यूफिट फेला पारेको थियो । उक्त काठ नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय भरतपुर चितवन, पठाईएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ |
प्रतिक्रिया