१३ बैशाख २०८३, आइतबार | April 26, 2026

चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु



वासिङ्टन, ११ चैत
पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।    
    
राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।    
    
विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । टेलिभिजनमा देखाइएका तस्बिरमा भवनको भग्नावशेषमा आगो दन्दनी बलेको देखिन्छ भने वारुणयन्त्रका कर्मचारी त्यसलाई निभाउने प्रयास गरिरहेका देखिन्छन् । विष्फोटको कारण खुलेको छैन । सम्बद्ध अधिकारीले अनुसन्धान थालेका छन् ।    
    
यसैबीच, टेक्सासको एन्टोनियो शहरमा चल्ने मालबाहक एउटा रेलमा १५ जना आप्रवासीको समूह निसासिएका खबर अज्ञात व्यक्तिबाट पाएपछि सिमा प्रहरीले रेललाई रोकेर अनुसन्धान गर्दा दुई जनालाई मृत फेला पारिएको तथा बाँकी १३ जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याईएको उवाल्दे प्रहरीले महाशाखाले जनाएको छ ।    
    
दश महिनाअघि टेक्सासमा एक जना १८ वर्षीय पूर्वविद्यार्थीले स्थानीय विद्यालयमा गोली चलाउँदा १९ जना विद्यार्थी र दुई जना शिक्षक मारिएका थिए । आक्रमणकारीलाई उवाल्दे प्रहरीले गोली हानेर मारेको थियो । रासस  

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ११ : २१ बजे