२ आश्विन २०८१, बुधबार | September 18, 2024

ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु



चैत्र-१३

ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।    
    
उक्त घटनामा दुई जना घाइते भएका छन् ।    
    
शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ ।    
    
आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।    
    
स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु पुष्टि गर्नुभएको छ ।    
    
एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए ।    
–––  

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : ५० बजे