१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नागरिक उन्मुक्ति पार्टीको विरोध प्रदर्शन



जेष्ठ-०३

सर्वोच्च आदलतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेको छ ।सर्वोच्च आदलतको उक्त फैसला बिरुद्द  नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ। सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन्।

उनीहरुले मंगलवार साँझ माइतीघर मण्डलामा भेला भई सर्वोच्चको फैसलाप्रति विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा बोल्दै नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर पुगेका थिए। उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ८ : ५६ बजे