२ आश्विन २०८१, बुधबार | September 19, 2024

उपभोक्ता समूहद्वारा तटबन्ध निर्माण गरिदै



चितवन,जेठ ०५

सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहले भरतपुर-१६, झन्झने  स्थित नारायणी नदि किनारामा तटबन्ध निर्माणको काम सुरु गरेको छ |

वन उपभोक्ता समितिका अध्यक्ष सुकमान घलेको  नेतृत्वमा उक्त  तटबन्ध निर्माणको काम सुरु गरिएको छ |  नारायणी नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न  थालिएको समितिका सदस्य विशाल सुबेदीले जानकारी दिए | चितवन तर्फ  निर्माण गरिने  उक्त तटबन्ध निर्माणको काम अझै १५ दिनमा सकिने कुरा समेत  उनले बताए |

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १ : ०० बजे