६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना एक युवकको मृत्यु



जेठ-०७

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार विहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिदा  भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगल ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ भरतपुर–११ का स्कुटर चालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो । तामाङको उपचारको क्रममा दिउँसो १२ः३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

त्यस्तै स्कुटर पछाडी सवार भरतपुर–११ का २० वर्षीय बिशान्त ढकालको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङ नियन्त्रणमा लिईएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ३ : ४५ बजे