१ आश्विन २०८१, मंगलबार | September 17, 2024

भरतपुर महानगरपालिकाद्वारा बालकुमारी सुस्त मनस्थिति केन्द्रलाई ई–रिक्सा सहयोग



चितवन, जेठ-९

भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा रहेको बालकुमारी सुस्त मनस्थिति केन्द्रलाई ई–रिक्सा प्रदान गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विद्यालयलाई ई–रिक्सा प्रदान गर्नभएको थियो ।
उक्त ईरिक्सा मूल्यअभिवृद्धि करसहित रु ४ लाख २५ हजारमा खरिद गरिएको हो ।

भरतपुुरमा सञ्चालनमा आएका अटिजम विद्यालयहरु बालकुमारी बाहेक सबै आवसिय सुविधाका छन् । बालकुमारीमा अध्ययन गर्ने अटिजम विद्यार्थीहरुलाई आवतजावत गर्न समस्या हुने भएकाले ईरिक्सा प्रदान गरिएको भरतपुुर महागनरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरमा नारायणी मावि, चितवन मावि,श्रीपुर मावि, आधारभूत विद्यालय धनौजी तथा भरतपुर बालमन्दिर अटिजम विद्यालयमा अपाङ्गता स्रोत केन्द्र सञ्चालनमा छन् ।
भरतपुर महानगरपालिकाले विद्यार्थीहरुलाई अध्ययनमा सहजताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ३ : ५९ बजे