५ आश्विन २०८१, शनिबार | September 21, 2024

बागमतीमा प्रिबजेटबारे छलफल



जेठ-०९

बागमती प्रदेशसभामा प्रिबजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

बैठकमा मन्त्री लामाले उद्यम प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो । विनियोजन विधेयकमाथि सांसदहरूले बुधबार बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ४ : १२ बजे