३१ भाद्र २०८१, सोमबार | September 16, 2024

पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दावी



वासिङ्टन, १३ असार :
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताउनुभएको छ । उहाँले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुभयो ।

ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भन्नुभयो, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।”

पुटिन अहिले ‘संसारभरिका एक्लिएको’ बाइडेनले बताउनुभएको छ ।

ह्वाइट हाउसले गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ । उहाँले भन्नुभयो, “युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ ।”

बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहनुभएको छ ।    रासस

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ४९ बजे