४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

हेटौँडा उपमहानगर प्रमुखद्वारा सडक बिस्तारमा अबरोध नपुर्‍याउन आग्रह



हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक बिस्तारमा अबरोध नपुर्‍याउन आग्रह गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उहाँको भनाइ छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उहाँले बताउनुभयो । हाल सडकको दायाँ बायाँ २५ गज सडक बिस्तार गर्न लागिएको छ ।

सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उपप्रमुख लामाले फैसला कार्यान्वयन हुने बताउनुभयो । “सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो, “सडकका कारण हामीले गरेका राम्रा काम छाँयामा परेको अवस्था छ ।”

उहाँले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक बिस्तारका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : १३ बजे