भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखमा खिम दाहाल नियुक्त भएका छन् ।
क्यामपस प्रमुख मणिराज महतोले घरायसी कारण जनाई राजीनामा दिएपछि नयाँ क्याम्पस प्रमुखमा दाहाललाई नियुक्त गरिएको क्याम्पस सञ्चालक समितिले जनाएको छ।दाहालसँगै क्याम्पस सञ्चालक समितिले अंग्रेजी विभागका उपप्राध्यापक पदमलाल भारती र उपप्राध्यापक केदारनाथ बराललाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको छ ।
प्रतिक्रिया