२ आश्विन २०८१, बुधबार | September 18, 2024

आजदेखि तीन दिन कम पानी पर्ने



काठमाडौँ । देशभर कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसमविद् विनु महर्जनकाअनुसार मनसुन क्रमिक रूपमा निष्क्रिय हुने भएकाले आजदेखि कम पानी पर्ने पूर्वानुमान गरिएको हो ।

केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ । ‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ,’ उनी भन्छिन्, ‘पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ । अब कम पानी पर्ने अनुमान गर्न सकिन्छ ।’

हिजो नेपालमा चीनको तिब्बत क्षेत्रमा बादल नेपाल प्रवेश गरेको देखिएको थियो । रातिदेखि नै बागमती र गण्डकीका एक-दुई स्थानहरूमा वर्षासमेत भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ०७ बजे