६ आश्विन २०८१, आइतबार | September 23, 2024

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरको मृत्यु



मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षकको मृत्यु भएको छ।

मलंगवामा रहेको कार्यालयबाट मंगलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२-०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी ईश्वरपुर नगरपालिका-९ खोरिया टोलमा २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिका-६ बयलवास बजार निवासी साह फूलजोर-त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनि मोटरसाइकल दुर्घटनामा परेका र बुधबार बिहान मात्र उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का संकलन भइरहेको बताए।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी सुवेदी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेलसहित सुरक्षा अधिकारीको टोली अहिले घटनास्थमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ४२ बजे