६ आश्विन २०८१, आइतबार | September 22, 2024

कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना



नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गर्नुभएको छ ।

रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्नुहुने मन्त्री, सांसदलगायतको उपस्थिति थियो ।

सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो । यसैगरी नेता निधिले सबैलाई स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ५२ बजे