४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता



म्याग्दी, १२ साउन  :
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ ।

अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो । सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुुभयो । “भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ”, उहाँले भन्नुुभयो, “जीप र चालकको अवस्था अज्ञात छ ।”

प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन् । सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुु¥याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो । तीन बजेपछि सम्पर्क नभएको उहाँले बताउनुुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ५१ बजे