आजकल धेरैजसो मानिसहरू शहरी कोलाहलबाट बच्न वा फेसनले हेर्नको लागि हेडफोन प्रयोग गर्छन् । अफिस जानु होस्, कलेज जानु होस् वा यात्रामा जानु होस्, यस्तो समयमा हेडफोन वा इयरफोन सबैको साथी बन्न पुग्छ । हेडफोन-इयरफोनको प्रयोग सुविधा र गोपनीयताको हिसाबले त राम्रो होला, साथै कम समय प्रयोग हुँदा त्यति फरक नपर्ला तर लगातारको प्रयोगले भने स्वास्थ्यमा नराम्रो असर पर्छ ।
सन् २००२ मा पबमेड सेन्ट्रलमा प्रकाशित एक लेखमा उल्लेख भएअनुसार आर मजलान, एलसाम, ए थोमस, आर सइद र बी लियाबले मलेसियामा एक अनुसन्धान गरेका थिए । संयुक्तरुपमा गरिएको सो अनुसन्धानका क्रममा मलेसियाको सेलकम एसडीएनका १३६ ग्राहकमा कानको जाँच गरियो । यसमा २५ प्रतिशतभन्दा बढी व्यक्तिको सुन्ने क्षमतामा कमी पाइएको थियो । ती व्यक्तिले हेडफोन लगाएर लगातार ७ घण्टासम्म कल रिसिभ गर्ने गरेको अनुसन्धानबाट थाहा भयो । यसले गर्दा सुन्ने क्षमतामा कमी आएको रहेछ ।
कतै तपाईंको पनि हेडफोन-इयरफोनबाट आउने आवाजले कानको पर्दामा गम्भीर क्षति पु¥याएको त छैन ? ईएनटी विशेषज्ञ डा. अंकुश अरोराले लामो समयसम्म हेडफोन र इयरफोन प्रयोग गर्दा हानि हुने बताएका छन् । उनका अनुसार कानभित्र पर्दा अर्थात् इयरड्रममा धेरै नसा हुन्छन्, जसमा मस्तिष्कको समेत लिंक भएको हुन्छ । ठूलो आवाज सुन्दा इयरड्रम कम्पन भई यसमा दबाब बढ्छ । त्यसैले इयरफोन-हेडफोन लगाउँदा सुन्न सक्ने क्षमतालाई असर गर्न सक्छ ।
घरमा बसेर अफिसियल मिटङमा सहभागी हुँदा, अध्ययन वा कुरा गर्दा इयरफोन प्रयोग गर्नुहुन्छ भने होसियार ∕ लामो समयसम्म यसको प्रयोगले तपाईंलाई बहिरो बनाउन सक्ने डा. अरोराले बताएका छन् । यसकै कारण सन् २०५० सम्ममा विश्वमा ७० करोडभन्दा बढी मानिसको कान खराब हुने डब्लुएचओले समेत चेतावनी दिएको छ । इयरड्रमको अत्यधिक कम्पनका कारण सुन्ने कोशिकाहरूले आफ्नो संवेदनशीलता गुमाउँछन् र बहिरोपन हुने गर्छ ।
इयरफोन वा हेडफोन कानका लागि कुनचाहिँ कम हानिकारक होला भन्ने पनि बुझ्नुपर्छ । इयरफोन कानभित्र पु¥याइन्छ । यसले गर्दा इयरफोन र कानको पर्दाबीचको दूरी कम हुन्छ । जबकि हेडफोन कानबाहिर हुन्छ । त्यसैले कानको पर्दा र हेडफोनको दूरी बढी हुन्छ । यसले गर्दा हेडफोन अलि कम हानिकारक हुन्छ ।
डा. अंकुशका अनुसार बहिरोपन र कानको कुनै पनि समस्याबाट बच्न चाहनुहुन्छ भने सबैभन्दा पहिले चर्को स्वरमा गीत सुन्न छोड्नुहोस् । यदि तपाईं सुन्नै चाहनुहुन्छ भने आवाज कम गर्नुहोस् । साथै हेडफोन वा इयरफोन राम्रो गुणस्तरको हुनु जरुरी छ । यदि तपाईंलाई आफूले कान कम सुनिरहेको महसुस भएको छ भने तुरुन्तै कानको चिकित्सकलाई देखाउनुहोस् ।
प्रतिक्रिया