३ असार २०८२, मंगलबार | June 18, 2025

नवलपुरका कांग्रेस नेता गुरुङलाई पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली



नेपाली कांग्रेस नेता तथा पूर्वसांसद भाेजबहादुर गुरुङको निधन भएको छ। ८६ वर्षको उमेरमा गुरुङको उपचारका क्रममा शुक्रबार निधन भएको हो। गुरुङ मधुमेहको समस्याबाट पीडित थिए।

उनलाई कास्की पुगेर पार्टीको तर्फबाट कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्। गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिँदै सहमहामन्त्री डा. महतले पार्टीले एउटा असल नेता गुमाएको बताए। स्वर्गिय गुरुङले पद र पैसाका लागि कहिल्यै राजनीति नगरेको स्मरण गर्दै उनले लिनेभन्दा दिनेकाम बढी गरेको महतले बताए।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १ : १९ बजे