५ आश्विन २०८१, शनिबार | September 21, 2024

तीब्र गतिमा रहेको बसले ठक्कर दिँदा ५ वटा गाई र ५ वटा गोरुको मृत्यु



पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ।

दाङबाट काठमाण्डौ तफै जादै गरेको  बागमती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले सामेवार मध्यरातमा बाटोमा बसीरहेको छाडा गाई गोरुलाई ठक्कर दिएको हो। तीब्र गतिमा रहेको बसले ठक्कर दिदा एकै पटक ५ वटा गाई र ५ वटा गोरु मरेको जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

दुर्घटनामा परी एकै पटक यत्रो संख्यामा चौपायामा मरेको यो जिल्ला मै पहिलो घटना भएको उनले बताए। दुर्घटना गराउने बस ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छ। सो बसमार रहेको यात्रुहरु भने सकुशल  रहेको र उनीहरुलाई अन्य बसमा पठाइएको तिमिल्सिनाले बताए। घटनाको अनसन्धान भईरहेको प्रहरीले जनाएको छ। छाडा गाई गोरुको ब्यवस्थापन नगरिदा कपिलवस्तुमा दुर्घटनाको जोखिम बढेको छ। अनाहकमा चौपायाहरुको समेत ज्यान जाने गरेको छ। मरेको गाई गोरुलाई डोजरद्धारा ब्यवस्थापन गरिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ५४ बजे