३१ भाद्र २०८१, सोमबार | September 16, 2024

इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या



इक्वेडरको आसन्न राष्ट्रपतीय निर्वाचनका एक उमेदवारको हत्या गरिएको छ । चुनावी र्‍यालीका क्रममा गोली हानी हत्या गरिएको हो ।

देशको राष्ट्रियसभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोमाथि बुधबार उत्तरी सहर क्विटोमा कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमण गरिएको थियो ।

भिल्लाभिसेन्सियो कारमा बसेर जान लागेका बेला एक व्यक्तिले उनको टाउकामा गोली हालेको सो चुनावी अभियान टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएको बीबीसीले जनाएको छ ।

५९ वर्षीय भिल्लाभिसेन्सियोमाथि तीन गोली प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती आक्रमणकारीमाथि पनि गोली प्रहार गरिएको थियो । पछि उनको मृत्यु भएको त्यहाँका महान्यायाधिवक्ताले जनाएका छन् ।

त्यहाँ राष्ट्रपतिको पहिलो चरणको निर्वाचन आउँदो अगस्ट २० मा हुने तय छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १२ : ३० बजे