६ आश्विन २०८१, आइतबार | September 23, 2024

वाकिटकी बोकेर मुग्लिनको जाम खुलाउन खटिएका रास्वपा कार्यकर्ताको खोजी गर्दै प्रहरी



काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै वाकिटकी बोकेर खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई प्रहरीले खाेजी थालेकाे छ ।

मंगलबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनले फाेटाेमा देखिएका व्यक्तिकाे खाेजी गर्न प्रहरीलाई निर्देशन दिएपछि यस विषयमा अनुसन्धान थालिएकाे हाे ।

फोटो सामाजिक सञ्जालमा आएपछि हामीले अनुसन्धान गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको चितवन प्रहरीले जनाएको छ |

प्रशासनको निर्देशनमा प्रहरीले वाकिटकी प्रयोग गर्ने व्यक्तिहरूको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार वाकिटकी प्रयोगका लागि त्यतिबेला इजाजत प्रदान नगरिएकाले ती व्यक्ति चितवनका थिए/थिएनन् भनेर पनि अध्ययन भइरहेकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  २ : ४९ बजे