३० भाद्र २०८१, आइतबार | September 16, 2024

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु



मनहरी (मकवानपुर), ३२ साउन :

मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेट्टिएको हो । खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताउनुभयो ।

“मेरो भिनाजु नाता पर्नुहुन्छ, मङ्गलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो”, वडाध्यक्ष प्रजाले बताउनुभयो । बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले भन्नुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : ५३ बजे