१५ असार २०८२, आइतबार | June 29, 2025

कालिगण्डकी नदी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह



जोमसोम : मुस्ताङको कालिगण्डकी नदीको बहाव बढ्दै गएकाले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए। उनले नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताए।

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले पनि कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुले उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। उनले कालिगण्डकीका शाखा नदीको बाहव उच्च भएकाले कालिगण्डकीको स्वरुप भयावह भईरहेकाले आवश्यक सुरक्षा अपनाउन अनुरोध गरे।

यसअघि साउन २८ गते अविरल वर्षासँगै कालिगण्डकी नदीको बहाव उच्च भएको थियो।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ०५ बजे