१ आश्विन २०८१, मंगलबार | September 17, 2024

धादिङ बस दुर्घटना अपडेट: १७ घाइतेको उद्धार, १३ जनालाई काठमाडौं लगियो



काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस बुधबार सवा ११ बजेतिर दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।

घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई उपचारका लागि काठमाडौं लागिएको छ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। बस त्रिशूली नदीमा पुगेको छ।

बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १ : १२ बजे