८ मंसिर २०८१, शनिबार | November 23, 2024

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु



काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।  उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हो म आफन्त हुँ भन्दै  अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।‘

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ३८ बजे