१६ माघ २०८२, बिहिबार | January 29, 2026

धादिङमा दुई जनामाथि एसिड प्रहार, एक जना पक्राउ



काठमाडौं : धादिङमा दुई जनामाथि एसिड प्रहार भएको छ। एसिड हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहान साढे ७ बजे धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुनचाँदी पसल सञ्चालक प्रविण विकले दुई जनालाई एसिड हानेका हुन्।  विकले सञ्चालन गरेको भद्रकाली सुन चाँदी पसलमा मादक पदार्थ सेवन गरी आएकासँग विवाद हुँदा उनले पसलमा रहेको एसिड हानेका थिए।

एसिड आक्रमणबाट बेनिघाट रोराङ-३ का १८ वर्षीय दिपेश क्षेत्री र सोही ठाउँका ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएका छन्। ​उनीहरुको अवस्था सामान्य रहेको धादिङ प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। एसिड हान्ने प्रविणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १२ : १२ बजे