६ आश्विन २०८१, आइतबार | September 22, 2024

डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु



झापा : डेंगु रोगको सङ्क्रमणबाट इलामका एक बालिकाको झापामा मृत्यु भएको छ ।

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका –३ निवासी ददिराम राईकी ४ वर्षीया छोरी निहान राई रहेकी छन् ।

बालिका निहान बिरामी परेपछि भदौ ३० गते उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएको थियो । हस्पिटल ल्याएकी बालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा सोही अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : ३२ बजे