काठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग९एनएसएल० खेल्ने भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जनाएका छन् ।
बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि ललितपुर सिटी एफसीका मार्की खेलाडी रहेका उनले क्लबसँगको सम्झौता रद्द गरेका थिए ।
बिमलले छोडेपछि उनको स्थानमा क्लबले अनन्त तामाङलाई ल्याएको थियो ।
अष्ट्रेलियाबाटै बिमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले चितवन एफसीबाट खेल्ने बताएका छन् । यस्तै एफसी चितवनले पनि यसबारे पुष्टि गरेको छ ।
- एनएसएलको दोस्रो संस्करण आउँदो ८ मंसिरबाट सुरु हुँदैछ । टोलीमा ९ टोलीले सहभागिता जनाउनेछन् ।
प्रतिक्रिया