३ आश्विन २०८१, बिहिबार | September 19, 2024

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरीः पूर्वप्रधानमन्त्री खनाल



लुम्बिनी, २१ असोज ः नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताउनुभएको छ । उहाँले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिनुभयोे । पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताउनुभयो । यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता पनि औँल्याउनुभयो । “समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ”, नेता खनालले भन्नुभयो “यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ ।”

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ०३ बजे