३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार



चीनको बेइजिङस्थित इजरायली दूतावासका एक कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ। उनी घाइते भएका छन्।

इजरायली विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको छ। छुरा प्रहार गरिएका व्यक्तिको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।


उनीमाथि छुरा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ।

रोयटर्सका अनुसार उनीमाथि छुरा प्रहार भएको स्थान इजरायली दूतावासनजिक होइन। एजेन्सी

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : ३८ बजे