६ आश्विन २०८१, आइतबार | September 22, 2024

पोखरामा पर्यटकलाई नशालु पदार्थ खुवाउने देखि अभद्र व्यवहार गर्ने १० युवा प्रकाउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित लेकसाइडमा डुल्ने पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार बिकका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नशालु पदार्थ सेवन गराउन खोज्नेहरूलाई पक्राउ गरेको हो।

विभिन्न कसुरमा संलग्न समेत रहेका उनीहरूले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वदेशी र विदेशी पर्यटकलाई बाटोमा नशालु पदार्थ सेवन गन दबाब दिने गरेको प्रहरीको जानकारी छ । पुस २ गते वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लेकसाइडको बिजिवी गल्लीमा समूह बनाई नशालु पदार्थ सेवन गरी होहल्ला गर्दै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

पोखरा महानगरपालिका–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीष मगर, कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ बस्ने वर्षीय सन्देश बि।क।, लेकसाइडकै ठाडो पसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखराकै जरेवरमा बस्दै आएका २९ वर्षीय महेन्द्र भण्डारी र गोरखाको भिमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन्। ड्यूटीमा खटिएका प्रहरी कर्मचारीलाई नै अपशब्द प्रयोग गरी विवाद गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका सबै जनालाई छुट्टाछुट्टै अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ११ बजे