६ आश्विन २०८१, आइतबार | September 22, 2024

चालिस हजार गाँजाको बिरुवा नष्ट



जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ३९ बजे