३० माघ २०८१, बुधबार | February 12, 2025

आँखा देख्ने भइन् गायिका मेनुका पौडेलले



काठमाडौं : इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले आँखा देख्ने भएकी छन्।

गायन रियालिटी शो इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी मेनुकालाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराइएपछि उनले आँखा देख्ने भएकी हुन्।

आइडलको पछिल्लो एपिसोड अनुसार मेनुकाको आँखाको नर्भ्सले काम गरेको छैन। तर, विशेष डिभाइसको मद्दतले भने उनले आंशिक दृष्टि पाउन सक्नेछिन्।

उनको उपचारमा संलग्न मेनुकाको आँखामा हुने अप्टिक नर्भ्सले काम गरेको छैन। चिकित्सकका अनुसार मेनुकाले पूर्ण रुपमा आँखा नदेखे डिभाइसको मद्दतले केही कामहरू उनी आफैं गर्न सक्नेछिन्।

पछिल्लो इण्डियन आइडलको एपिसोडमा जज रहेकी श्रेया घोषालले मेनुकाले आँखा देख्ने भएको कुराले आफू निकै हर्षित भएको बताइन्।

कार्यक्रममा उनले भनेकी छन्, ‘म निकै खुसी छु। नयाँ वर्षमा यो खुसीको खबर आएको छ। म यो क्षण हेर्नका लागि निकै आतुर छु।’

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ५० बजे