३ आश्विन २०८१, बिहिबार | September 20, 2024

जनमत पार्टीले सरकार छाडेपछि विश्वासको मत लिने तयारी गर्दै मुख्यमन्त्री यादव



काठमाण्डु – सत्ता सहयात्री जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन् ।

मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेका सरकारी स्रोतले जनाएको छ ।

जनमत पार्टीले सरकार छाडेर मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन् ।

सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : ०३ बजे