२ आश्विन २०८१, बुधबार | September 18, 2024

‘भरतपुर भ्रमण वर्ष, २०२४’ मा २ लाख पर्यटक भित्र्याइने



काठमाडौँ, १० असार :
भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ मा २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

महानगर प्रमुख दाहालले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनाइएको छ ।

महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन तथा विकास गरिने, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ०८ बजे