७ आश्विन २०८१, सोमबार | September 23, 2024

भरतपुर महानगरपालिकाद्वारा १६ लाख बराबरको दुग्ध प्रशोधन सामाग्री प्रदान



भरतपुर महानगरपालिकाले त्रिवेणि दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध प्रशोधन सामाग्री प्रदान गरेको छ ।

महानगरले बुधबार एक कार्यक्रमका बीच भरतपुर-६ स्थित त्रिवेणि दुग्ध उत्पादक सहकारी संस्थालाई १६ लाख बराबरको दुग्ध प्रशोधन सामाग्री प्रदान गरेको हो ।

नगर प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारीले एक कार्यक्रमका बिच उक्त सामान सस्थाका अध्यक्ष बिष्णु प्रसाद देबकोटालाइ हस्तान्तरण गर्नु भएको थियो ।

सहकारी तथा रोजगार प्रबर्द्धन शाखाको बार्षिक कार्यक्रम अनुसार सहकारी सस्थाहरुलाइ मागमा आधारित ५० प्रतिशत साझेदारी अनुदानमा दुग्ध प्रशोधन सामाग्री प्रदान गरिएको हो ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा पनिर भ्याकुम मेसिन, पनिर प्रेस मेसिन, कोल्ड रुम,प्याकीङ्ग मेसिन,मिल्क सिलिङ भ्याट लगाएत दुग्ध प्रशोधन तथा विविधीकरण बिस्तारको लागि माग अनुसारका सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : ३९ बजे