२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवनको माडीमा बाघको आक्रमणबाट तीन जना घाइते



बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहनुभएको छ । निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन जानुभएका उहाँहरूलाई बाघले आक्रमण गरेको हो ।

 

बाघको आक्रमणबाट घाइते उहाँहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ । बाघले ५ः२० वजे आक्रमण गरेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : ४८ बजे