२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवनबाट ७० किलो गाँजासहित दुई जना पक्राउ



साउन-३, चितवन ।

चितवन प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी लोथरमा खटिएको प्रहरी टोलिले बुधबार दिउँसो साढे १ बजेतिर राप्ती न.पा. १ लोथर स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा MH48AY4709 नं. को भारतिय ग्याँस बुलेट गाडिमा ७० किलो  गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हो ।

ग्यास बुलेटको टुलबक्समा लुकाएर  पिप्लेबाट लोथर तर्फ ल्याउदै गरेको ७० किलो गाजा सहित गाडीका चालक देश भारत झारखण्ड कोर्डमा बस्ने बर्ष ३५ को मनोज कुमार पासवान र गाडीमा सवार जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ७ बस्ने बर्ष ४५ को राजु वाईवा पक्राउ परेको प्रहरीले जनाएको छ।

भारतिय ग्याँस बुलेट सहित दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

All reactions:

27

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : ३३ बजे