६ आश्विन २०८१, आइतबार | September 23, 2024

अज्ञात समूहबाट कुटिए डिएसपी



महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्।

प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।

शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

घाइते अवस्थामा देखेपछि डिएसपी यादवलाई अस्पताल पुर्‍याइएको उनले बताए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ।

अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन।

 

घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ।

टोलीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका एसपी श्रेष्ठले बताए।

‘अज्ञात व्यक्तिहरुले कुटपिट गरेको भन्ने आएको छ। किन  कुट्यो, कसले कुटयो कि आफै लडेर चोटपटक लागेको हो भन्ने अनुसन्धान हुँदैछ,’ उनले भने।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ४५ बजे