२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवन प्रहरीद्वारा हराएका २१ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई फिर्ता



चितवन, साउन-९

जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न ठाउँबाट हराएका २१ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।

काठमाण्डौ, पर्सा, नवलपरासी, कास्की लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएका Samsung, Redmi, Oppo, Vivo, Poco गरी विभिन्न  कम्पनीका २१ थान मोवाईलहरु  फेला पारी सम्बन्धित धनिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा कुल ३४६ थान मोवाईलहरु सम्बन्धित धनिलाई बुझाईएको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ |

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : ४३ बजे