६ आश्विन २०८१, आइतबार | September 22, 2024

निःशुल्क बस चलाएर रास्वपाले सस्तो लोकप्रियता खोज्यो : एमाले महासचिव शंकर पोखरेल



नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीले सस्तो लोकप्रियताको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भमा सो कुरा बताएका हुन् ।उनले आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् । 

उनले लेखेका छन्–

 ‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे। जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका सिलसिलामा विदेशिएका बेला ठूलो सङ्ख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन्,’ यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो। नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।’

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ४५ बजे