६ आश्विन २०८१, आइतबार | September 22, 2024

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल



प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन्।

बिहिबार (आज) नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए। अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले भने, ‘अहिले देशमा धेरै व्यथिति छन्। तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ। यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ।’

निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए।

‘हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुतामा रहेको देशमा समावेसी गणतन्त्र ल्याउन त सकेउ ,तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जिवनमा परिर्वतन ल्याउन अझ संर्घष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं। जनतासँग माओवादी विशेष अभियान संचालन गर्ने भनेका छौं’ दाहा


लले भने।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ५ : ५५ बजे