६ आश्विन २०८१, आइतबार | September 22, 2024

भालुको आक्रमणबाट बाजुरामा एक महिला घाइते



बाजुरा- बाजुरामा भालुको आक्रमणबाट शनिबार एक महिला घाइते भएकी छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन् । बिहान जंगली भालुको आक्रमणबाट घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खुट्टा र अन्य शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ ।

भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ०५ बजे