६ आश्विन २०८१, आइतबार | September 22, 2024

बोलेरो दुर्घटना हुँदा भरतपुर-३ का लेखापरीक्षक होमबहादुर बस्नेतको मृत्यु, एक जना घाइते



भदौ ४, नुवाकोट | नुवाकोटमा बोलेरो दुर्घटना हुँदा लेखापरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेत रहेका छन् ।

देउरालीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको बोलेरो जीप शुभघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परेका बस्नेतलाई स्थानीयवासीले उद्धार गरी नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक वस्नेत लेखापरिक्षक रहेकोले अडिटको क्रममा केही समयदेखि म्यागङ गाउँपालिकामा वस्दै आएका थिए ।

चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङको घाइते भएका छन् | उनको खुट्टामा चोट लागेको छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ३ : ४० बजे