६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवनको पुरानो मेडिकल कलेजमा नर्सलाई हातपात, गार्डमाथि धारिलो हतियार प्रहार



भरतपुर-भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् । आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक राेशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए ।

हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठले जानकारी दिए । नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : ३५ बजे