६ आश्विन २०८१, आइतबार | September 22, 2024

ओलीले शेयर गरे माधव नेपालसँगको तस्बिर



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको तस्बिर शेयर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर भनेर शेयर गरेका छन् ।

‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या’, उनले तस्बिरको क्याप्सनमा लेखेका छन् ।

तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिएका छन् ।

तत्कालीन नेकपा फुटेपछि माधव नेपाल अलग भएर नेकपा एस खोलेसँगै ओली र नेपालबीचको दूरी बढेको थियो । एक अर्कालाई कटाक्ष गर्दै विभिन्न आरोप लगाउँदै आएका उनीहरु आज निकै लामो समयपछि एकै ठाउँमा देखिएका हुन् । त्यसैको तस्बिर ओलीले आफ्नो फेसबुकमार्फत शेयर गरेका हुन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ९ : ०४ बजे