३० भाद्र २०८१, आइतबार | September 16, 2024

थाइराइडबाट कसरी बच्ने ?



हाम्रो शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यसलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनका कारण शरीरलाई ऊर्जा प्रदान हुन्छ ।

थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपो थाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ । कहिलेकाहीँ गाँठागुठी बनेर क्यान्सरको समस्या पनि हुन सक्छ ।

कारण

थाइराइड जटिल र डराउनुपर्ने खालको समस्या होइन । यो धेरै कारणले हुन्छ । हर्मोनको कमीले गर्दा हाइपो थाइराइड देखिने समस्या बढी हुन्छ । आयोडिनको कमीले पनि यस्तो हुने गर्छ । अटो इम्युनको कारणले गर्दा पनि हुन्छ । हर्मोन कम हुँदा र बढी हुँदा फरक–फरक लक्षण देखिन्छ । हर्माेन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतयाः थाइराइड हर्माेनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ ।

हर्मोन कम हुँदा : शरीर आलस्य हुने, थकित हुने, महिलामा महिनावारी गडबड हुने, शरीरमा अत्यधिक मात्रामा बोसोको मात्रा बढ्ने, हाइट नबढ्ने, कपाल झर्ने, जिउ सुन्निने, फुलिने, घाँटी सुन्निने आदि ।

हर्मोन बढी हुँदा : हातखुट्टा काम्ने, चिटचिट पसिना आउने, वजन कम हुँदै जाने, तौल घट्दै जाने, शरीर तातो हुने, निद्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने आदि ।

बच्ने उपाय 
– थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । त्यसैले थाइराइड भए–नभएको जाँच गर्नुपर्छ ।
– समस्या भएको छ भने नियमित औषधि सेवन गर्नुपर्छ ।
– जीवनशैली परिवर्तन गर्ने, चिल्लो कम खाने गर्नुपर्छ ।
– आयोडिनयुक्त नुन प्रयोग नगर्ने ।
– स्वस्थकर खाना खाने गर्नुपर्छ ।
– तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने ।
– अनावश्यक रूपमा एक्सरे नगर्ने, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, धेरै चिया, कफी तथा चुरोट नपिउने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।
– नियमित व्यायाम गर्नुपर्छ ।

उपचार विधि 
– थाइराइड नराम्रो अवस्थामा छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ ।
– परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ ।
– आयोडिन, रेडियो एक्टिभ तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्माेन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्माेनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ ।
– आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ ।
– यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्माेनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १२ : ३७ बजे